You are viewing the translated version of दसीको मालसामान जिम्मा दिन सक्ने.

Section 76
दसीको मालसामान जिम्मा दिन सक्ने
अभियोगपत्र साथ दाखिल हुन आएका दसीका मालवस्तुको परिमाण र प्रकृतिको कारणबाट अदालतको परिसरभित्र उपयुक्त ढङ्गले सुरक्षित राख्न नसकिने अवस्था भए त्यस्तो मालवस्तु अदालतले खोजेका बखत दाखिल गर्ने गरी सम्बन्धित निकायमा जिम्मा दिन इजलासले आदेश दिन सक्नेछ।